
काठमाडौं । नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालय (केयु)बीच चिकित्सा शास्त्र अध्ययनमा सहकार्य गर्ने सम्झौता भएको छ ।
सोमबार विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र नेपाल प्रहरीका हानिरिक्षक बसन्त कुँवरले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
त्यस अनुसार चिकित्सा तथा सम्बन्धित क्षेत्रमा शिक्षा, अनुसन्धान, तथा तालिम आयोजना गर्ने, विशेषज्ञ तथा प्राज्ञिक जनशक्ति आदानप्रदान गर्ने, शैक्षिक कार्यक्रम विकास गर्ने कार्यमा सहकार्य हुनेछ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले यो सहकार्यले नेपालको चिकित्सा क्षेत्रलाई झनै चुस्तबनाउन भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।
त्यस्तै, नेपाल प्रहरीका महानिरीक्षक कुँवरले यो सहकार्यले नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेजको रुपमा विस्तार गर्न, पोष्टग्राजुएट कक्षा शुरु गर्न र दुवै पक्षबीच रहेको ज्ञान, क्षमतालाई आपसी समझदारीमा विस्तार गर्दै जानमार्ग रहने बताए ।
प्रतिक्रिया 4