+

च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलमा बार्सिलोनाले नापोलीसँग खेल्ने

२०८० पुष  २ गते १७:२२ २०८० पुष २ गते १७:२२
च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलमा बार्सिलोनाले नापोलीसँग खेल्ने

२ पुस, काठमाडौं । च्याम्पियन्स लिगको प्रिक्वार्टर फाइनलमा स्पेनिस क्लब बार्सिलोनाले नापोलीलाई प्रतिद्वन्द्वी पाएको छ ।

आज सोमबार भएको ड्र अनुसार अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिडले इन्टर मिलानलाई र रियल सोसिडाडले पेरिस सेन्ट जर्मेन पीएसजीलाई प्रतिद्वन्द्वी पाएका छन् ।

यस्तै इंग्लिस क्लब आर्सनलले एफसी पोर्टो र म्यानचेस्टर सिटीले एफसी कोपनहेगनसँग खेल्ने छ ।

सिटीको प्रतिद्वन्द्वी कोपनहेगन अन्तिम १६ मा पुगेका मध्येमा सवैभन्दा तल्लो वरीयताको क्लब हो । युरो क्लब इन्डेक्समा एफसी कोपनहेगन ७९औं स्थानमा छ । अरु १५ क्लब भने शीर्ष ३३ वरीयतामा छन् ।

बायर्न म्युनिखले लाजियो तथा बोरुसिया डर्टमुन्डले पीएसभी इन्डोभेनसँग खेल्ने छ ।

प्रिक्वार्टर फाइनलको पहिलो लेग फेब्रुअरी १३, १४, २० र २१ मा हुने छ । दोस्रो लेग भने मार्च ५, ६, १२ र १३ मा हुने छ ।

 

च्याम्पियन्स लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय