+

तथ्यांकमा ललितपुरसामु शीर्षमा उक्लने अवसर

२०८० पुष  ३ गते ११:२२ २०८० पुष ३ गते ११:२२
तथ्यांकमा ललितपुरसामु शीर्षमा उक्लने अवसर

३ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा मंगलबार हुने डबल हेडरको पहिलो खेलमा ललितपुर सिटी एफसी र स्पोर्टिङ इलाम भिड्दै छन् । दशरथ रंगशालामा हुने यस खेलसँगै जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको २९ र समग्रमा ५४ औं खेल हुनेछ ।

२. ललितपुर छ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ र यो खेल जितेर शीर्ष स्थानमा उक्लन सक्नेछ । जितले ललितपुरको प्ले अफ सम्भावना पनि बलियो हुनेछ ।

३. ललितपुर अहिलेसम्म अपराजित छ । उसका छ खेलमा दुई जित र चार बराबरी रहेका छन् । ललितपुरले बुटवल–लुम्बिनी एफसीलाई २–० र एफसी चितवनलाई ३–१ ले हराएको थियो । यस्तै उसले पोखरा थन्डर्स, धनगढी एफसी र झापा एफसीसँग गोलरहित बराबरी खेलेको छ । वीरगञ्ज युनाइटेडविरुद्धको अर्को बराबरी भने २–२ को रहेको छ ।

४. इलामका लागि भने यो खेल प्रतिष्ठाका लडाइँ मात्र रहनेछ । प्ले अफ सम्भावनाबाट बाहिरिसकेको इलामको सात खेलबाट पाँच अंक छ र यो उसको लागि यस प्रतियोगिताकै अन्तिम खेल हुनेछ । इलाम सात खेलमध्ये एकमा विजयी, दुईमा बराबरी र चारमा पराजित रहेको थियो ।

५. झापाविरुद्ध १–० को जित निकालेको इलामले धनगढीसँग २–२ र चितवनसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै इलाम काठमाडौं रेजर्ससँग १–०, बुटवल–लुम्बिनीसँग २–१, पोखरासँग १–० र वीरगञ्जसँग २–१ ले पराजित रहेको थियो ।

६. इलामले पहिलो पटक प्रतियोगिता खेलिरहेको हुनाले ललितपुरसँगको भेट पहिलो रहेको छ ।

एनएसएल नेपाल सुपर लिग ललितपुर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय