
३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदीय समितिको बैठकमा सहभागी भएका छन् । उनी राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका हुन् ।
यो समितिमा एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ । बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, नियामक निकाय दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल लगायत पनि सहभागी छन् ।
एनसेलमा ८० प्रतिशत हिस्सा शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको घोषणा गरेको थियो ।
कम्पनी खरिद बिक्रीको निर्णय सार्वजनिक भएपछि यो कारोबार आकस्मिक र अविश्वसनीय रहेको भन्दै प्रश्न उठेको छ । सत्ता गठबन्धन र विपक्षी दलका कतिपय नेताहरुले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा उच्च राजनीतिक नेतृत्वको मिलेमतो हुनसक्ने आशंका गर्दै सार्वजनिक अभिव्यक्ति दिने गरेका छन् ।
एनसेलबारे अध्ययन गर्न सरकारले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
प्रतिक्रिया 4