+

तथ्यांकमा लुम्बिनी बुटवलविरुद्ध पोखरालाई अवसर

२०८० पुष  ३ गते १२:१७ २०८० पुष ३ गते १२:१७
तथ्यांकमा लुम्बिनी बुटवलविरुद्ध पोखरालाई अवसर

३ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को बुधबार हुने डबल हेडरको दोस्रो खेलमा पोखरा थन्डर्सले बुटवल–लुम्बिनी एफसीको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएका तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको ३० र समग्रमा ६६ औं खेल हुनेछ ।

२. पोखरा छ खेलबाट ११ अंकसहित दोस्रो स्थानमा छ र आजको खेल जितेर प्ले–अफ खेल्ने निश्चित गर्न सक्छ । जितसँगै पोखरासामु पनि शीर्ष स्थानमा उक्लने अवसर हुनेछ ।

३. पोखराले खेलेका छ खेलमा तीन जित, दुई बराबरी र एक हार रहेको छ । पोखराले चितवनलाई एफसीलाई १–०, स्पोर्टिङ इलामलाई १–० र वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । उसले ललितपुर सिटी एफसी गोलरहित र झापा एफसीसँग १–१ को बराबरी खेलेको थियो । उसको हार भने काठमाडौं रेजर्सविरुद्ध २–१ रहेको छ ।

४. बुटवल लुम्बिनी छ खेलबाट सात अंकमा छैटौं स्थानमा छ र आफ्नो प्ले अफ सम्भावना कायम राख्न यो खेल जित्नै पर्ने स्थितिमा हुनेछ ।

५. बुटवल लुम्बिनीले खेलेको छ खेलमा दुई जित, एक बराबरी र तीन हार रहेका छन् । सुरुमै ललितपुरसँग २–० र धनगढी एफसीसँग १–० ले पराजित भएपछि दबाबमा आएको बुटवल लुम्बिनीले स्पोर्टिङ इलामलाई १–० र काठमाडौं रेजर्सलाई २–१ ले हराएको थियो । आफ्नो पछिल्लो खेल पनि झापा एफसीविरुद्ध १–० ले गुमाएको बुटवल लुम्बिनीले चितवन एफसीसँग १–१ को बराबरी खेलेको थियो ।

६. यी दुई टिमबीच अहिलेसम्म एक खेल भएको छ र त्यसमा बुटवल लुम्बिनी विजयी रहेको छ । उसले वर्ष ०७८ को आफ्नो पहिलो खेलमा पोखरालाई २–० ले हराएको थियो । त्यसमा आरमन्ड बेडमले एक गोल गरे र भने अर्को गोल अजित भण्डारीको नाममा आत्मघाती रह्यो ।

एनएसएल नेपाल सुपर लिग पोखरा थन्डर्स बुटवल लुम्बिनी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय