
३ पुस, काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ ।
आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो । आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
करेन्ट सर्ट भएर आगलागी भएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए । आगलागी भएपछि महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।
‘मन्त्री क्वाटरभित्रकै अस्थायी टहरामा मात्रै आगलागी भएको हो । अन्य स्थानमा नफैलिँदा ठूलो जोखिम टर्यो,’ शाहले अनलाइनखबरसँग भने ।
आगलागीबाट मजदुरहरुले प्रयोग गर्दै आएका सामान र रंगहरु जलेको शाहले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4