३ पुस, काठमाडौं । एपीएफले सीता राना मगरको कप्तानीमा प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगिता खेल्ने टिमको घोषणा गरेको छ ।
टिममा स्पिनर करुणा भण्डारीले १८ महिनापश्चात टिममा पुनरागमन गरेकी छिन् ।
टिममा राष्ट्रिय टिमकी कप्तान इन्दु बर्मा, सीता राना मगर, रोमा थापा, सरिता मगर तथा ज्योति पाण्डे जस्ता राष्ट्रिय टिमका खेलाडीहरु छन् ।
यस टिममा युवा प्रतिभा राजमति ऐरी पनि रहेकी छिन् । प्रधानमन्त्री कप अगाडिको खेलमा एपीएफले बागमती प्रदेशसँगको सिरिज क्लिन स्वीप गरेको थियो ।
एपीएफको टिम :
सीताराना मगर (कप्तान), इन्दु बर्मा, सरिता मगर, करुणा भण्डारी, बिनुबाढा मगर, सोनु खड्का, रेखा रावल, ममता चौधरी, रोमा थापा, नेरी थापा, राजमति ऐरी, मञ्जु बोकटी, ज्योति पाण्डे र सुमन विष्ट ।
प्रतिक्रिया 4