+

एन्फामा सीईओ नियुक्तिसहितका निर्णय खारेज गर्न असन्तुष्ट समूहको माग

२०८० पुष  ३ गते १३:४३ २०८० पुष ३ गते १३:४३
एन्फामा सीईओ नियुक्तिसहितका निर्णय खारेज गर्न असन्तुष्ट समूहको माग

३ पुस, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्कासहित ९ जनाले हिजो सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट भएका निर्णय खारेजीको माग गरेका छन् ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एन्फाको असन्तुष्ट समूहले इन्द्रमान तुलाधरलाई प्रमुख कार्यकारी अधिकृत सीईओ नियुक्ति गर्नेसहितका निर्णय खारेजीको माग गरेको हो ।

सीईओ खुला प्रतिस्पर्धाबाट ल्याउनुपर्ने कर्मचारी नियमावलीमा स्पष्ट व्यवस्था भए पनि महासचिवले किरण राईले आफूखुसी सीईओ नियुक्ती गरेको खड्काको आरोप छ ।

उनले नियुक्तिका बारेमा खेलकुद परिषद् र खेलकुद मन्त्रालय उजुरी दिने र त्यहाँबाट पनि सम्बोधन नभए अदालत जाने चेतावनी दिएका छन् ।

यस्तै असन्तुष्ट समूहले मध्यपुर युथ एसोसियसनमाथिको निलम्बन फुकुवा गर्नु पर्ने माग पनि गरेको छ ।

सोमबारको बैठकले विधान विपरीत कार्य गरेको भन्दै अर्को निर्णय नभएसम्म मध्यपुरलाई फुटबलका गतिविधिमा सहभागी हुन नदिने निर्णय गरेको थियो ।

पत्रकारसम्मेनल गर्नेमा खड्कासहित, उपाध्यक्षहरु विराटजंग शाही र दीर्घबहादुर केसी तथा सदस्यहरू पेमा डोल्मा लामा, रमेश व्यञ्जनकार, अनिल मल्ल, भोजराज शाही, रविन्द्र चन्द र रुपेश अधिकारी छन् ।

इन्द्रमान तुलाधर एन्फा बैठक वीरबहादुर खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय