
३ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायसँग सल्लाह गरेर एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बताएका छन् ।
राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल दुरसञ्चार प्राधिकरण हुँदा हुँदै किन छुट्टै समिति बनाएको रु प्रधानमन्त्री आफैं किन तानिएको प्रश्न गरेका थिए ।
जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको बताए । ‘उसलाई कारबाही गर्न रोकेको छैन, रोक्ने मनसाय राखेको छैन’ उनले भने ।
एनसेलको खरिद प्रकरणमा राजश्व छली, स्वामित्व हस्तान्तरण हुन नदिन खोजेको हो कि भन्ने आशंका भएकाले सरकारले समिति बनाएको उनले बताए । उनले अगाडि भने, ‘समितिको काम कारबाहीबाट नियमकीय अधिकारमा कुनै असर पार्दैन ।’
सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको उनले बताए ।
प्रतिक्रिया 4