
३ पुस, काठमाडौं । काभ्रेको देवीस्थान डाँडाबाट अब व्यावसायिक प्याराग्लाइडिङ गर्न सकिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यस स्थानमा ‘विश्व बजार प्याराग्लाइडिङ जोन’ तोकेको हो । यो स्थान धुलिखेल नगरपालिकामा पर्छ । गत साउनमै यस स्थानमा परीक्षण उडान भएको थियो ।
प्राधिकरणले टेकअफ पोइन्ट देवीस्थान डाँडालाई तोकेको छ भने ल्यान्डिङ पोइन्ट बडाल गाउँलाई तोकेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यका नजिक प्याराग्लाइडिङ गतिविधि बढ्दो क्रममा छ । काठमाडौंको चन्द्रागिरिबाट उडेर मकवानपुरको चित्लाङ अवतरण हुने गरी प्याराग्लाइडिङ सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4