+

इलामले जितमा टुंग्यायो लिग, ललितपुरको पहिलो हार

२०८० पुष  ३ गते १५:०३ २०८० पुष ३ गते १५:०३
इलामले जितमा टुंग्यायो लिग, ललितपुरको पहिलो हार

३ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटीले पहिलो हार ब्यहोरेको छ । मंगलबार भएको खेलमा स्पोर्टिङ इलामले ललिपुर सिटी एफसीलाई १–० ले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खलेमा इलामका लागि ५९ औं मिनेटमा फोडे कमराले गोल गरेका थिए । यो हारसँगै ललितपुरले शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ । ७ खेल खेलेको ललितपुर १० अंकसहित तेस्रो स्थानमा छ ।

जितसँगै प्रतियोगिता टुंग्याएको इलाम भने ८ खेलबाट ८ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ । यद्यपि लिगमा यही स्थानमा कायम रहन्छ कि रहन्न भन्ने अरु टिमको खेलमा भर पर्छ ।

एनएसएल नेपाल सुपर लिग फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय