+
+

दूरसञ्चार ऐन संशोधनको लागि मस्यौदा तयारी गर्दैछौं : सञ्चारमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १७:३६

३ पुस, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन, २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन् ।

मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्रहरु रहेकाले समय सापेक्ष संशोधन गर्नुपर्ने बताएकी छन् ।

उनले भनिन्, ‘हामीसँग नेपाल दूरसञ्चार ऐन २०५३ छ । ऐनमा थुप्रै छिद्रहरु छन् । जुनबेला ०५३ सालमा हाम्रो ऐनहरु बन्यो, त्यो बेलामा हाम्रो टेलिकमको अवस्था यस्तो थिएन । अहिलेको टेलिकमको आवश्यकताअनुसार दूरसञ्चार ऐन बनिसक्नुपर्ने आवश्यकता छ । छिटो बनाउनुपर्ने आवश्यकता छ ।’

उनले समय सापेक्ष छिटोभन्दा छिटो ऐन संशोधन गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकेको स्पष्ट पारिन् ।

उनले मन्त्रालय ऐन ड्राफ्टको तयारीमा अगाडि बढेको बताइन् । उनले एनसेल शेयर खरिद, बिक्रीको सम्बन्धमा दूरसञ्चार प्राधिकरणमा हालसम्म कुनैपनि प्रकारको पत्र वा जानकारी नआएको पनि बताइन् ।

‘सञ्चार मन्त्रालयले मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिएको छ । ऐन ड्राफ्टको तयारीमा हामी अगाडि बढेका छौँ । हाम्रो टेलिकम क्षेत्रको विकासको निम्ति, जुन खालका समस्याहरु विगतमा देखापरिरहेका छन् ।’ उनले भनिन् ।

सरकारले गठन गरेको छानबिन समितिले प्राधिकरणसँग पनि समन्वय गरिरहेको उनले बताइन् ।

‘खास गरेर विदेशी लगानी नेपालमा कसरी आर्कषित बनाउने, विदेशी लगानीकर्ताहरु आइसके पछाडी यसको पारदर्शिता कसरी गर्ने, एनसेल हिजोको दूरसञ्चार ऐन अनुसार आइसकेपछि अबको ६ वर्षपछि एनसेल नेपाल सरकारको मातहतमा आउने व्यवस्था छ । यो समग्र विषयमा पनि छानविन समितिले अध्ययन गरिराखेको छ ।’

मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले दूरसञ्चार ऐन र नियमावली समय सापेक्ष संशोधन गरी यथाशिघ्र ल्याउन सरकारलाई निर्देशन समेत दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?