+
+

एकीकृत समाजवादीको जिल्ला अधिवेशनहरु स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ३ गते १८:०५

३ पुस, काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले मिति तोकिसकेका जिल्ला अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको बैठकले महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेकाले जिल्ला अधिवेशनहरु स्थगति गरेको हो ।

माघ १४ र १५ गते बस्ने केन्द्रीय परिषद्को बैठकपछि मात्रै जिल्ला अधिवेशनहरुको मिति तोक्ने गरी हाललाई तोकिएका अधिवेशनहरु स्थगित गरिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

‘महाधिवेशनलाई केन्द्रित गरेर विधान संशोधनको प्रक्रियामा रहेको हुनाले आजको सचिवालय बैठकबाट यो नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद्को बैठक जुन माघको १४ र १५ गते राखेको छ, त्यसपछि मात्रै तिथि तोक्ने गरी तोकिएका सबै अधिवेशनहरु स्थगित गर्ने निर्णय गरेको छ’, उनले भने ।

केन्द्रीय कमिटीको संख्या, निर्वाचन पद्धति, महाधिवेशनको मोडालिटीलगायतका विषयमा पार्टीभित्र छलफल चलिरहेको उनले बताए ।

‘विधानमा ७० वर्षको उमेरको सीमा तोकेका थियौं । यो विषयमा पनि कसरी अघि बढ्न र सबैखालका उमेर समूहलाई समेटेर सबैलाई मिलाएर लैजाने छलफल भइरहेको छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?