
काठमाडौं । इन्फर्मेटिक्स कलेज पोखराका १२२ जना विद्यार्थी दीक्षित भएका छन् ।
वार्षिक कार्यक्रम अनुसार एक विशेष समारोहका बीच स्नातक तह अन्तर्गत बीएससी (अर्नस) कम्प्युटिङका १०५ जना र बीए ( अनर्स) बिजनेस प्रशासनका १७ जना गरी कुल १२२ विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज इनोभेट नेपाल ग्रुपद्धारा सञ्चालित छ ।
कलेजबाट दीक्षित उत्कृष्ट विद्यार्थीलाई आईएनजीले छात्रवृत्ति उपलब्ध गराएको छ ।
यस वर्ष आईएनजी छात्रवृत्तिका लागि विपिन रेग्मी सम्मानित भएका थिए ।
समारोहमा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी, लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट एकेडेमिक पार्टनरसिपका प्रमुख डा. वेन्डी ब्लोइसी लगायतको सहभागिता रहेको थियो ।
समारोहमा विश्वविद्यालयका हेड अफ एकेडेमिक पार्टनरसिप डा. वेन्डी ब्लोइसीले विद्यार्थीलाई दिक्षान्तको प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रतिक्रिया 4