+

इन्जुरी समयको गोलले पोखरा प्ले अफमा

२०८० पुष  ३ गते १८:५७ २०८० पुष ३ गते १८:५७
इन्जुरी समयको गोलले पोखरा प्ले अफमा

३ पुस, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जितसँगै पोखरा थन्डर्स प्ले अफमा पुगेको छ ।

पोखराको ७ खेलबाट १४ अंक भएको छ र उ पहिलो स्थानमा उक्लिएको छ । पोखराले दोस्रो स्थानको धनगढीसँग खेल्न बाँकी छ । यो शुक्रबार हुने छ ।

एनएसएलमा लिग तालिकाको शीर्ष २ टोलीले फाइनलमा पुग्ने क्वालिफायर खेल्नेछन् ।  त्यो क्वालिफायरमा पराजित हुने टोलीले भने लिगको तेस्रो र चौथो स्थान प्राप्त गर्ने टोलीको विजेतासँग अर्को खेल खेल्न पाउनेछ ।

काठमाडौंको दशरथ रंगशालामा पोखरालाई जिताउन खेलको एक मात्र गोल मोसेस ग्याबाहले दोस्रो हाफको इन्जुरी समयमा गरे । आयुष घलानको पासमा उनले गोल गरेका थिए ।

हारपछि बुटवलको प्ले अफ संभावना कमजोर भएको छ । बराबरीपछि बुटवल ७ अंकसहित तालिकाको छैटौं स्थानमा कायम छ । बुटवलले अब वीरगञ्ज युनाइटेडसँग खेल्न बाँकी छ । यो शनिबार हुने ।

एनएसएल नेपाल सुपर लिग पोखरा थन्डर्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय