+
+

काठमाडौंका यी ठाउँमा बन्द हुँदैछ साढे ४ घण्टा विद्युत आपूर्ति

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ७:३६

४ पुस, काठमाडौं । काठमाडौंका केही ठाउँमा फरकफरक दिन केही घण्टा विद्युत आपूर्ति बन्द हुने भएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम भइरहेकोले त्यस क्षेत्रमा केही दिन साढ ४ घण्टा विद्युत सेवा बन्द हुने भएको हो ।

नेपाल विद्युत प्राधिकरणका अनुसार आज बुधबार चपली तथा बूढानीलकण्ठ, बिहीबार गोङ्गबु बसपार्क, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोटमा आपूर्ति बन्द हुनेछ ।

मौसम खराब भई काम नहुने अवस्थामा भने विद्युत सेवा अवरुद्ध नहुने प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?