+
+

कोलोराडो अदालतले भन्यो– राष्ट्रपतिको उम्मेदवार बन्न ट्रम्प अयोग्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ८:३४

४ पुस, काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा कोलोराडो राज्यमा उम्मेदवार हुन नपाउने भएका छन् ।

कोलोराडो उच्च अदालतले उनलाई सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार हुन अयोग्य ठहर गरिदिएको हो । अदालतको यो फैसला कोलोराडो राज्यमा मात्र लागु हुने बीबीसीले जनाएको छ ।

यसअघि अमेरिकाका धेरै राज्यमा ट्रम्पलाई निर्वाचन हुन रोक लगाउने प्रयास सफल भएको थिएन । तर कालोराडो उच्च अदालतले संविधानको धारा ३ प्रयोग गरेर राष्ट्रपति चुनावमा उम्मेदवार हुन ट्रम्पलाई अयोग्य ठहर गरेको यो पहिलो पटक हो ।

अदालतले भनेको छ, ‘हामी कानुनलाई लागु गर्नका लागि आफ्नो गम्भीर कर्तव्यप्रति पनि सचेत छौं । विना कुनै पक्षपात र जनताको प्रतिक्रियाबाट प्रभावित नभइकन हामीले कानुनसंगत यो फैसला गरेका छौं ।’

ट्रम्प माथि सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनको परिणाम उल्टाउने प्रयास गरेको, क्यापिटल हिलमा समर्थकहरुलाई उकासेर हुलदंगा गराएको लगायतका आरोप लागेका छन् ।

यौन उत्पीडन लगायतका विभिन्न काण्डका कारण विवादमा आएका ट्रम्प सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा जो बाइडनसँग पराजित भएका थिए । उनी सन् २०२४ मा हुने आगामी निर्वाचनमा पनि राष्ट्रपति चुनाव लड्ने गृहकार्यमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?