
हिमालयन बैंकले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश वितरण नगर्ने र गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
बैंकले विगतमा सेयरधनीलाई राम्रो लाभांश दिँदै आएको थियो । गत आर्थिक वर्ष ११.११ प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्थै २०७८/७९ मा ४.६२ प्रतिशत नगद र २१.३८ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै २०७७/७८ मा ६ प्रतिशत नगद र १४ प्रतिशत बोनस सेयर प्रदान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4