+

म्यानचेष्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा

२०८० पुष  ४ गते १०:५९ २०८० पुष ४ गते १०:५९
म्यानचेष्टर सिटी फिफा क्लब विश्वकपको फाइनलमा

४ पुस, काठमाडौं । प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

साउदी अरेबियाको जेदाहमा भइरहेको प्रतियोगितामा मंगलबार जापानिज  क्लब उरावा रेड डायमण्डलाई ३–० ले पराजित गर्दै सिटीले फाइनलमा स्थान बनाएको हो ।

जेहास्थित किङ अब्दुलल्ह स्पोर्ट्स सिटीका भएको खेलको पहिलो हाफमा मारिउस होइब्रातेनले आत्मघाती गोल गरेपछि सिटीले अग्रता लिएको थियो ।

दोस्रो हाफमा सिटीले दुई गोल थप्यो । माटेओ कोभासिसले ५२औं र बर्नार्डो शिल्भाले ५९औं मिनेटमा गोल गरे ।

सिटीले उपाधिका लागि दक्षिण अमेरिकी महादेशको च्याम्पियन फ्लुमिनेन्ससँग आउने शुक्रबार खेल्नेछ ।

ब्राजिलियन फ्लुमिनेन्सले पहिलो सेमिफाइनलमा अल अहलीलाई २-० ले हराएर फाइनलमा स्थान बनाइसकेको छ ।

पहिलो क्लब बक्लब विश्वकप खेलिरहेको सिटी यो उपाधि जित्ने चौथो इंग्लिस क्लब बन्ने अभियानमा छ । यसअघि इंग्ल्याण्डका म्यानचेष्टर युनाइटेड, चेल्सी  र लिभरपुलले यो उपाधि जितेका छन् ।

यस्तै सिटीका म्यानेजर पेप ग्वार्डिओलाले यसअघि बार्सिलोना र बायर्न म्युनिखबाट फिफा क्लब विश्वकपको उपाधि जितिसकेका छन् र उनलाई तेस्रो फरक क्लबबबाट यो उपाधि जित्ने अवसर छ ।

 

 

म्यानचेष्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय