+
+

‘इयर अफ मिलेट्स’ मा  नेपालको तस्वीर दोस्रो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १२:२५

४ पुस, काठमाडौं । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ फोटो प्रतियोगितामा नेपालका राज अधिकारीले खिचेको फोटो दोस्रो भएको छ ।

विश्वका ५८ देशबाट पठाइएका झण्डै ८०० तस्वीरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिकासम्बन्धी तस्वीर दोस्रो भएको हो ।

बर्दघाट, नवलपरासी निवासी फोटोग्राफर राज अधिकारीले स्याङ्जादेखि पोखरा आउने क्रममा पुम्धिभुम्धिकी विष्णु माया बरालले कोदो काट्दै गरेको फोटो खिचेर प्रतियोगितामा सहभागी भएका थिए ।

सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेष गरी ग्रामीण क्षेत्रको अभिन्न अङ्ग बनेको र कोदोको संरक्षणमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिएका छन् ।

फोटोग्राफर अधिकारी विगत पाँच वर्षदेखि प्रकृति तथा संस्कृति संरक्षण गर्ने अभिप्रायले फोटोग्राफी क्षेत्रमा लागिरहेका छन् ।

उनी कृषि तथा वन विज्ञान विश्वविद्यालयमा ग्रामीण समाजशास्त्र विषयमा कृषि स्नातकोत्तर अध्ययनरत विद्यार्थी पनि हुन् ।

यो प्रतियोगितामा प्रथम अफ्रिकी फोटोग्राफर जोनाथन रिजले खिचेको तस्वीर भएको ५ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?