+
+

सरकारी गाडीमा फागुनभित्रै अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १८:०९
फाइल तस्वीर

४ पुस, काठमाडौं । सरकारी सवारी साधनमा आगामी फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारका मन्त्रालयहरुलाई पत्र लेख्दै फागुन मसान्तभित्र अनिवार्य इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिएको हो ।

मन्त्रालयले १ मंसिर २०७९ मै सरकारी कार्यालयहरुलाई पत्र लेखी इम्बोस्ड नम्बर जडान गर्न भनेको थियो ।

तर, अधिकांश सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनले इम्बोस्ड नम्बर जडान नगरेका कारण अल्टिमेटम तोक्नु परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयले २८ मंसिरमा सो मिति तोकेर अन्य मन्त्रालयहरुलाई कार्यान्वयनका लागि पत्र काटेको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश अन्तर्गतका यातायात व्यवस्था कार्यालयमा दर्था हुने तथा दर्ता कायम रहेका सवारी साधनमा अनिवार्य इम्बोस्ड नम्बर जडान गर्नुपर्ने गरी २२ कात्तिक २०७८ मा राजपत्रमा सूचना प्रकाशन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?