+
+

‘मोडल हन्ट नेपाल २०२३’ मा ३८ प्रतियोगी छनोट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १४:२३

काठमाडौं । ‘मोडल हन्ट नेपाल २०२३’ का लागि ३८ प्रतियोगी छनोट भएका छन् । अडिसनबाट १६ जना पुरुष र २२ महिला छनोट भएका हुन् । प्रतियोगिताको यो आठौं संस्करण हो ।

छानिएका प्रतियोगी व्यक्तित्व विकास, शारीरिक बनावट, र्‍याम्प वाक, बडी ल्यांग्वेज फोटोसुट, एक्सप्रेसन लगायतका ग्रुमिङ कक्षामा जुटेका छन् । फिनाले पुस १२ गते सोल्टी होटलमा हुने जारी विज्ञप्तिमा उल्लेख छ ।

पुरुष विजेताले अमेरिकाको पुएर्तो रिकोमा हुने रनवे मोडल इन्टरनेसनल र महिला विजेताले थाइल्याण्डमा हुने सुपर मोडल इन्टरनेसनलमा सहभागी हुने अवसर पाउने जनाइएको छ ।

म्युजिक भिडियोमा अभिनय र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागिताको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यत्ना पाण्डेले जानकारी दिइन् ।

पछिल्लो समय सौन्दर्य प्रतियोगितामा महिला असुरक्षित भएको भन्ने चर्चामा उनले आफूहरुले महिला हकहित संरक्षण, सुरक्षा प्रत्याभूति गर्ने बताइन् । उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यावसायिक मोडल उत्पादन गर्ने उद्देश्य आफूहरुको रहेको आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?