
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ‘भिजा पार्टनरसीप’ अवार्डबाट सम्मानित भएको छ ।
काठमाडौंमा ‘गलबार आयोजित भिजा लिडरसीप कन्क्लेभ-२०२३ मा भिजाले उत्कृष्ट फिनटेक कम्पनीको रूपमा ‘आईएमई पे’लाई एक्सिलेन्स इन फिनटेक पार्टनरसीप अवार्डबाट सम्मानित गरेको हो ।
यो अवार्डले फिनटेक उद्योगमा प्राविधिक उत्कृष्टता मार्फत वित्तीय पहुँचको विस्तार गर्नुका साथै नवप्रवर्तनका लागि ‘आईएमई पे’ र भिजा बीचको बलियो साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीको भनाइ छ ।
‘आईएमई पे’ ले हाल भिजासँगको सहकार्यमा भर्चुअल तथा फिजिकल कार्ड प्रयोगमा ल्याएर नेपालको फिनटेक क्षेत्रमै नयाँ बेन्च मार्क सेट गरेको छ ।
आगामी दिनमा पनि भिजासँगको सहकार्यमा विभिन्न नवप्रवर्तनात्मक सेवाहरु लिएर आउने ‘आईएमई पे’ का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4