+
+

सस्तो शुल्कमा अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन ‘स्ट्यामफोर्ड कलेज’ सञ्चालनमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १९:५७

काठमाडौं । सस्तो शुल्कमा अन्तर्राष्ट्रिय शिक्षा दिन काठमाडौंको बानेश्वरस्थित शान्तिनगरमा ‘स्ट्यामफोर्ड कलेज’ सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय स्तरको शिक्षा खोज्दै वैदेशिक अध्ययनमा जाने युवाको संख्या बढ्दै गइरहेको बेला नेपालमै अन्तर्राष्ट्रिय शिक्षा दिन ‘स्ट्यामफोर्ड कलेज’ सञ्चालनमा ल्याइएको आईएसएमटी ग्रुप अफ कलेजले जनाएको छ ।

बेलायतको चर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन प्राप्त कलेजले बीआईटी (बीएससी कम्प्युट साइन्स) कार्यक्रमका लागि ‘जनवरी इन्टेक’मा भर्ना सुरु गरेको छ ।

एक दशक भन्दा लामो शैक्षिक इतिहास बोकेको आईएसएमटी ग्रुप अफ कलेजले युनिभर्सिटी अफ सन्डरल्यान्ड यूकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य–मुख्य शहरहरुमा विश्वस्तरीय कलेजहरु सञ्चालन गर्दै आएको छ ।

के छ फरक ?

स्ट्यामफोर्ड कलेजमा पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ । बजारमा माग भइरहे अनुसारको जनशक्ति उत्पादन गर्न त्यही अनुसारको पाठ्यक्रम तयार गरिएको छ ।

नेपालमा ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ सम्बन्धनबाट सञ्चालित कलेजहरुको तुलनामा स्ट्यामफोर्ड कलेजले अत्यन्तै सस्तो शुल्कमा उही स्तरको शिक्षा दिइन्छ । स्ट्यामफोर्ड कलेजले नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा अर्थात उही स्तरको शिक्षा खोज्न विदेशिनुपर्ने नेपाली विद्यार्थीको बाध्यताको अन्त्य गर्ने र लाखौं खर्च गरेर विदेश पढ्न जान नसक्ने युवाको समस्या समाधान हुने कलेजका बिजनेस डेभेलपमेन्ट हेड वासु वस्ती बताउँछन् ।

उनी भन्छन्, ‘यही स्तरको शिक्षा खोज्न यूके जानुपर्ने युवाको बाध्यतालाई यसले अन्त्य गर्छ भने, लाखौं खर्च गरेर विदेश पढ्न जान नसक्ने युवाको पनि समस्या समाधान गर्छ ।’ अन्तर्राष्ट्रिय स्तरको शिक्षा सबैको पहुँचमा हुनुपर्छ भनेर सस्तो शुल्क तोकिएको आईएसएमटी ग्रुप अफ कलेजले जनाएको छ ।

कलेजका अनुसार युनिभर्सिटी अफ इस्ट लण्डनमा जसरी विद्यार्थीको मूल्याङ्कन हुन्छ त्यसैगरी यहाँको विद्यार्थीको पनि मूल्याङ्कन हुन्छ । नियमित रुपमा विद्यार्थीले सिकेको, पढेको कुरा प्रस्तुत गर्नुपर्ने र त्यसको आधारमा विद्यार्थीको मूल्याङ्कन गरिन्छ । बढी भन्दा बढी प्रयोगात्मक हुने र नियमित प्रस्तुतीको आधारमा तत्काल मूल्याङ्कन हुँदा विद्यार्थी स्वयंले कमजोरी सुधार गर्नुपर्ने कुराहरु थाह पाउँछन् । यस्तो अभ्यासले तीन घन्टा परीक्षाको कारण विद्यार्थीले भोग्नुपर्ने मानसिक तनावबाट मुक्त हुन्छन् ।

कलेजले दिने ज्ञान, सीप बाहेक श्रमबजारमा जाँदा चाहिने अन्य आवश्यक सबै सीप सहितको दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको दाबी छ । त्यसका लागि विभिन्न उद्योगहरुसँगको सहकार्य गर्ने जनाएको छ ।संसारको जुनसुकै ठाउँ गएपनि स्ट्यामफोर्ड कलेजको विद्यार्थी प्रमाणपत्रको ‘रिकग्निसन भ्यालु’ उच्च हुन्छ । अर्को ‘भ्यालु फर मनी’ विद्यार्थीले जत्ति लगानी गरेको हुन्छ त्यस बराबरको ज्ञान, सीप, व्यवहार मार्फत प्राप्त गर्छन् । ‘युज भ्यालु’ यो कोर्षले जहाँ सुकै गएपनि सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने कलेजको भनाइ छ ।

पढाइ सक्दा श्रम बजारमा आवश्यक योग्य जनशक्तिको रुपमा विद्यार्थी तयार हुने वस्ती बताउँछन् । उनी भन्छन्, ‘हाम्रा विद्यार्थी पढाई पुरा गरिनसक्दै बजारले खोजेको प्रतिस्पर्धी जनशक्ति भइसक्छन् । जसले अनुभवी जनशक्तिसँग प्रतिस्पर्धा गर्ने क्षमता राख्छन ।’ पार्टनरसीप भएका उद्योगहरुसँग पढ्दा पढ्दै विद्यार्थीहरु जागिर पाउन सक्छन् ।

के–के छन् सुविधा ?

विश्वको उत्कृष्ट विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजले मध्यम परिवारको विद्यार्थीलाई नेपालमा नै बसेर सस्तो शुल्कमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सहितको शिक्षा प्रदान गर्नेछ । आधुनिक लाइब्रेरी, ई लाइब्रेरी, कम्प्युटर ल्याब, सफा र सुविधा सम्पन्न कक्षाकोठाहरु रहेको वस्ती बताउँछन् ।

विद्यार्थीलाई एकोहोरो पढाइबाट दिक्क नहोस भन्नका लागि अतिरिक्त क्रियाकलापको लागि ‘रिफ्रेसमेन्ट सेन्टर’ हरु छन् । जसमा संगीतका लागि गिटारको उपलब्धता, खेलकुद सामग्री, क्याफे लगायतको सुविधा प्राप्त गर्नेछन् ।

कलेजका बीजनेस डेभेलपमेन्ट हेड वासु वस्ती विद्यार्थीको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखिने बताउँछन् । उनी भन्छन्, ‘हामीले सस्तो शुल्कमै अन्य विदेशी सम्बन्धन कलेजहरुले दिने सेवा, सुविधा दिन्छौं र त्यहि गुणस्तरको जनशक्ति उत्पादन गर्छौं ।’

विद्यार्थीलाई पर्ने विभिन्न खालको समस्या समाधानका लागि ‘स्टुडेन्ट सर्भिस डिपार्टमेन्ट’ छ । डिपार्टमेन्टले विद्यार्थीको समस्या बुझेर तत्काल समाधान गर्ने प्रयास गर्छ । विद्यार्थीको मनोपरामर्शका लागि आवश्यकता अनुसार परामर्शकर्ताहरुको उपलब्धता हुन्छ ।

विशेष छात्रवृत्तिको व्यवस्था

कलेजले विद्यार्थीको लागि विशेष खालको छात्रवृत्ति सुविधा राखेको छ । कक्षा १२ मा उत्कृष्ट अंक ल्याएका, निम्न मध्यम वर्गका उत्कृष्ट विद्यार्थी, कुनै विशेष क्षेत्रमा उत्कृष्ट प्रस्तुती दिइरहेका विद्यार्थी, राष्ट्रलाई विभिन्न रुपमा योगदान गरिरहेका (खेलाडी, एथलेट) लगायत विभिन्न क्षेत्रलाई समेटेर कलेजले विशेष छात्रवृत्ति प्रदान गर्ने वस्तीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?