+
+

माथिल्लो तामाकोसीको १ करोड ७० लाख कित्ता साधारण सेयर लिलामी बिक्रीमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ८:४०

५ पुस, काठमाडौं । हकप्रदमा नबिकेको माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीको १ करोड ७० लाख १९ हजार ५३० कित्ता सर्वसाधारण समूहको सेयर लिलामी बिक्रीमा राखिएको छ ।

इच्छुक व्यक्ति तथा संघसंस्था लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत  आवेदन दिन सक्नेछन् । बिक्री प्रवन्धक नागरिक लगानी कोष र सनराइज क्यापिटलको कार्यालयमा आवेदन फारम लिन र फारम भरेपछि सोही कार्यालयमा बुझाउन सकिने छ ।

प्रतिकित्ता न्यूनतम १ सय रुपैयाँ मूल्य नघट्नेगरी लिन चाहेको मूल्य तोकेर आवेदन बुझाउनुपर्ने बिक्री प्रवन्धकले जनाएको छ । न्यूनतम १ सय कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । ५ लाख रुपैयाँभन्दा बढी रकमको आवेदन दिनेले भने प्यान नम्बर खुलाउनुपर्नेछ । बिक्री प्रवन्धकका अनुसार मूल्य बढाबढका आधारमा कम्पनीको सेयर बाँडफाँट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?