+
+

अपडेट : काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते ९:२५
फाइल फोटो

५ पुस, काठमाडौं । काठमाडौंको आज बिहानको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । बिहान पौने ६ बजे ४.८ डिग्री सेल्सियस रहेको न्युनतम तापक्रम पौने ९ बजे झन् घटेर ४.५ डिग्री सेल्सियस मापन भएको हो ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान पौने ९ बजे अध्यावधिक गरेको विवरणमा काठमाडौंको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद सञ्जिव अधिकारीका अनुसार बिहीबार बिहान काठमाडौंमा यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको जानकारी दिए । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

काठमाडौंको तापक्रम अझै घट्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । देशभरकै तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्ने उपाय अपनाउन महाशाखाले सुझाव दिएको छ ।

मौसमविद अधिकारीका अनुसार आगामी तीन दिनसम्म मौसम सामान्य अवस्थामै रहने सम्भावना छ । मध्य र पश्चिम तराईका एक–दुई स्थानमा आज बिहान हुस्सु र कुहिरो लागेको छ । घाम लागेसँगै त्यो बिस्तारै हट्दै जाने छ ।

काठमाडौंमा पनि हल्का हुस्सु लागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा भिजिबिलिटी चार किलोमिटरसम्म छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?