
५ पुस, जनकपुरधाम । मर्यादाक्रम मिचेको भन्दै कांग्रेसका पूर्व उपसभापति एवं प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधिले प्रथम मधेश सम्मेलनमा मञ्च बहिष्कार गरेका छन् । सभापति शेरबहादुर देउवा उदघाटन गरेको उदघाटन सत्रको मञ्च बहिस्कार गरेका हुन् ।
उद्घाटन सत्र जनकपुरको तिरहुतिया गाछीमा चलिरहेको छ । निधिलाई धेरैपछि आशन ग्रहण गर्न उद्घोषक प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले आग्रह गरेपछि उनी दर्शक दिर्घाबाट मञ्चमा गएनन् । उनी दर्शकदीर्घामै बसेर कार्यक्रममा सहभागी छन् ।
यसै सम्मेलनमा बरिस्ठ नेता शेखर कोइरालाई विशिष्ट अतिथिमा नबोलाएपछि उनी आएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4