
५ पुस, धनगढी । कैलालीमा संरक्षित वन्यजन्तु कस्तूरीको बिना सहित एक जनालाई पक्राउ गरिएको छ ।
प्रदेश प्रहरी कार्यालयको टोलीले चुरे गाउँपालिकाको सहजपुरबाट दुई थान कस्तूरीको बिना सहित सोही ठाउँ बस्ने ४५ वर्षीय दानबहादुर बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बिकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4