
५ पुस, काठमाडौं । सवारी चालक अनुमति पत्र बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका-२ थापाठाना बस्ने ५० वर्षीय राज कुमार थापा रहेका छन् ।
उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु लगिएको छ ।
उनले इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स (ईडीएल) सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम प्रक्रिया नै नपुर्याइ गैरकानुनी तवरले पीडितलाई ए र बी वर्गको सवारी चालकलाई नक्कली प्रतिलिपी दिई पीडितसँग रकम लिएर फरार भएको प्रहरीको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4