+
+

पानीजहाजमा अनुत्तीर्णलाई पनि भाषा परीक्षाको फारम भर्न दिन अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:२१

५ पुस, काठमाडौं । पानीजहाज निर्माण सम्बन्धीका कामका लागि भाषा परीक्षामा अनुतीर्ण भएकाहरुले पुनः भाषा परीक्षामा भाग लिन पाउने भएका छन् ।

यसअघि पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने भनिएको थियो ।

तर रोजगार अनुमति प्रणाली (इपीएस) को उक्त निर्णयविरुद्ध १८ जनाले उच्च अदालत पाटनमा रिट दिएका थिए । उक्त रिटको सुनुवाइ गर्दै उच्च अदालतले पानी जहाज निर्माणसम्बन्धी कामका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकालाई उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा पनि सहभागी गराउन अन्त्रिम आदेश दिएको छ ।

न्यायाधीशहरु राज्यलक्ष्मी बज्राचार्य र रमेशराज पोखरेलको इजलासले उनीहरुलाई रोक नलगाउनु भनी अन्तरिम आदेश जारी गरेको हो । उच्च अदालतले उनीहरुलाई फारम भर्न रोक नलगाउन र आवेदन फारम भर्न दिन आदेश जारी गरेको छ ।

इपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षामा सहभागी हुन गत सोमबारदेखि शुक्रबारसम्म आवेदन दिन आह्वान गरेको थियो । यसअघि पानीजहाजका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले आवेदन दिन नपाउने भएपछि अदालत गएका थिए ।

रोजगार अनुमति प्रणाली अन्तर्गत यस वर्षदेखि दक्षिण कोरियाले पानी जहाज बनाउने कामदारका लागि छुट्टै परीक्षा लिन सुरु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?