५ पुस, काठमाडौं । बी डिभिजन क्लबहरुले मध्यपुर युथ एशोसिएसनलाई कारबाही गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)को निर्णयको विरोध गरेका छन् ।
बुधबार बसेको बी डिभिजन क्लबहरुको बैठकले मध्यपुरमाथि भएको कारबाहीको विरोध गरेका हुन् । बी डिभिजन क्लबहरुले यो निर्णय सच्याउन माग गरेका छन् ।
२ पुसमा बसेको एन्फा बैठकले छानबिन पुरा नहुँदासम्म मध्यपुर युथ एशोसिएसनलाई फुटबलका कुनै गतिविधिमा भाग लिन नदिने निर्णय गरेको थियो ।
यो निर्णय नसच्याएसम्म एन्फाले आयोजना गर्ने कुनै पनि गतिविधिमा सहभागिता नजनाउने बी डिभिजन क्लबहरुले निर्णय गरेका छन् ।
प्रतिक्रिया 4