+
+

एक वर्षे बीएडको विकल्पमा त्रिविले ल्यायो नयाँ कोर्ष

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते १९:३६

५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ  कोर्षमा भर्ना हुनका लागि आह्वान गरेको छ ।

त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा ल्याएको सेमेप्टर प्रणालीमा आधारित अधिस्नातक तह (पीजीडी एजुकेशन) कोर्षमा भर्ना हुन आह्वान गरेको हो । कार्यालयले अधिस्नातक कोर्ष तीन सेमेष्टरको हुने जनाएको छ ।

डीन कार्यालयको अनुसार अधिस्नातक कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ क्याम्पसमा १४ वटा विषय पढाई हुनेछ । जुनसुकै विषय लिई स्नातक गरेका उत्तीर्ण विद्यार्थीले अधिस्नातक कार्यक्रममा भर्ना हुन पाउनेछन् ।

शैक्षिक सत्र २०८०/८१ बट शुरु हुन लागेको अधिस्नातक प्रथम सेमिस्टरमा भर्नाका लागि ६ पुसदेखि ११ माघसम्म आवेदन दिन सक्नेछन् । कार्यालयले १४ माघमा प्रवेश परीक्षा सञ्चालन हुने र २१ माघबाट कक्षा सञ्चालन हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?