
काठमाडौं । अंग्रेजी नयाँवर्ष २०२४ तथा क्रिसमस छेकोमा क्यानडामा प्रविशा अधिकारी सांस्कृतिक साँझ आयोजना हुने भएको छ ।
टोरोन्टोबाट संचालित माउन्ट एभरेष्ट टेलिभिजनको आयोजनामा २४ डिसेम्बरमा कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममा गायिका प्रविशा अधिकारीले आफ्ना लोकप्रिय गीत गाउने भएकी छन् ।
सांस्कृतिक साँझमा जिटिए वरपर बस्ने नेपाली समुदायलाई सहभागि हुन आयोजक बसन्त कार्कीले आग्रह गरेका छन् ।
कार्यक्रमबारे भिडियो सन्देश जारी गर्दै गायिका अधिकारीले नेपाली समुदायलाई कार्यक्रममा साथ दिन आग्रह गरेकी छन् । गायिका अधिकारी केही समयदेखि अमेरिकामा बस्दै आएकी छन् ।
उनी लोकप्रिय टेलिभिजन रियालिटी शो भ्वाइस अफ नेपालको निर्णायक पनि रहिसकेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4