+

एनएसएलमा आज डबल हेडर : पोखरा र धनगढी शीर्ष बन्ने होडमा, चितवनलाई हराए झापा प्लेअफ पुग्ने

२०८० पुष  ६ गते ७:२५ २०८० पुष ६ गते ७:२५
एनएसएलमा आज डबल हेडर : पोखरा र धनगढी शीर्ष बन्ने होडमा, चितवनलाई हराए झापा प्लेअफ पुग्ने

६ पुस, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२३ अन्तर्गत आज डबल हेडर डे अर्थात दुई खेल हुँदैछन् ।

यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको पोखरा थण्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच शीर्ष बन्ने होडमा प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ ।

पोखरा ७ खेलबाट १४ अंकसहित शीर्ष स्थानमा छ र धनगढीसँग जित वा बराबरीले पनि पोखरा शीर्ष स्थानमै रहने पक्का छ । तेस्रो स्थानको ललितपुर सिटी र चौथो स्थानको झापा एफसीको समान १० अंक भएकोले पोखराले कम्तीमा शीर्ष दुईमा स्थान पक्का गरिसकेको छ र पहिलो क्वालिफायर खेल्नेछ ।

उता धनगढीले प्लेअफमा स्थान पक्का बनाएपनि शीर्ष स्थानमा पुग्न पोखरालाई हराउनुपर्नेछ । धनगढीको ७ खेलबाट १२ अंक छ । पोखरालाई पराजित गरेमा धनगढी शीर्ष स्थानमा पुग्नेछ र शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने पक्का हुनेछ ।

यस्तै दशरथ रंगशालामै साँझ ५ बजे सुरु हुने खेलमा झापा एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुनेछ । झापा ७ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । चितवन समान खेलबाट ६ अंकसहित अन्तिममा छ ।

चितवनलाई पराजित गरेमा झापाले १३ अंक जोड्दै प्लेअफमा स्थान पक्का गर्नेछ । बराबरीले झापाको ११ अंक हुनेछ र प्लेअफ पुग्न त्यो अंक समेत पर्याप्त हुन् सक्छ यदि अन्य खेलको नतिजा आफू अनुकूल आएमा ।

झापा चितवनसँग पराजित भएमा पनि शीर्ष चारमा रहने अवसर हुनेछ । तर त्यसका लागि शनिवार हुने खेलमा काठमाडौं ललितपुरसँग पराजित हुनुपर्नेछ भने वीरगञ्ज युनाइटेड बुटवल लुम्बिनीसँग पराजित हुनुपर्नेछ ।

चितवनका लागि भने अन्तिम खेल प्रतिष्ठाको लागि हुनेछ । ७ मध्ये जम्मा १ खेल जितेको चितवन प्लेअफ होडबाट बाहिरिसकेको छ र ६ अंकसहित अन्तिममा छ ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय