+
+

भरतपुर भ्रमण वर्ष स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते ११:२३

६, पुस, चितवन । चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ ।

महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो ।

तयारी नपुगेको, मुख्य सडकहरुको पूर्वाधार निर्माणको काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरिएको हो ।

भ्रमण वर्ष सन् २०२४ मै गर्ने तर कहिलेदेखि औपचारिक रुपमा सुरु गर्ने भन्ने बारेमा आगामी नगरपरिषद्ले निर्णय लिने महानगर स्रोतले जनाएको छ ।

नारायणगढ गोन्द्राग सडकखण्ड विस्तारको काम नसकिएको, मुग्लिन नारायणणढ सडकखण्ड पनि दिउँसो ४ घण्टा बन्द गर्ने तयारी गरिएको तथा महानगरकै पनि आफ्नो तयारी पूरा नभएकोले भ्रमण वर्ष हाललाई स्थगित गरिएको हो ।

महानगरपालिकाले पुस १४ गते अर्थात जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी गरेको थियो ।

नारायणी नदी किनारमा भ्रमण वर्षको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउने कार्यक्रम थियो । सुरुमा २०८० सालमा गर्ने निर्णय गरे पनि तयारी नपुगेको भन्दै अंग्रेजी नयाँ वर्ष सन् २०२४ बाट सुरु गर्ने निर्णय यसअघि महानगरले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?