
६ पुस, काठमाडौं । भन्सार छली गरेको आशंकामा पर्सा प्रहरीले औषधि बोकेको ट्रकलाई नियन्त्रणमा लिएको छ ।
गण्डक चोकबाट ना२ख ९३५७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाइएको पर्सा प्रहरीले जनाएको छ ।
वीरगञ्ज भन्सारबाट जाँचपास भएर चितवनतर्फ जाँदै गरेको औषधि बोकेको सो ट्रकले भन्सार घोषणाभन्दा बढी मात्रामा औषधि र खाद्य वस्तु बेकेको सूचनापछि खोजतलास गर्दा ट्रक बरामद भएको प्रहरीले जनाएको छ ।
४५ लाख ९६ हजार रुपैयाँको शंकास्पद बिलबिजकमार्फत सो ट्रकले वस्तु आयात गरेकोमा उसको बिल बिजक र ट्रकमा भेटिएको मालवस्तु बीचमा अन्तर रहेको प्रहरी अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयको सूचनामा भनिएको छ ।
नियन्त्रणमा लिइएको ट्रकलाई भन्सार छली गरेको आशंकामा राजस्व अनुसन्धान कार्यालय पथलैयाले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4