+
+

ग्लोबल आईएमई बैंकको ‘विशेष घर कर्जा’ योजना सार्वजनिक, १२ करोडसम्म कर्जा लिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १९:३१

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोड रूपैयाँसम्म कर्जा सीमा भएको ‘विशेष घर कर्जा’ योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी विशेष योजना सार्वजनिक गरेको हो ।

विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका व्यक्तिहरुले सहज रुपमा कर्जा सार्न सक्नेछन् ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवम् सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्य सहित आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिन भित्र विना झन्झट कर्जा प्रवाह गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?