
६ पुस, धनगढी । कैलालीमा १८ लाख बढीको अवैध सामानसहित प्रहरीले जीप नियन्त्रणमा लिएको छ ।
गोदावरी नगरपालिका-३ को चौकीडाँडाबाट कपडा र खेलकुदका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले १८ लाख ५४ हजार बराबरको अवैध सामानसहित सुपप्र०१-००१ च
३१६९ नंम्बरको बोलेरो जिप शुक्रबार दिउँसो नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनकाअनुसार चालक बेदकोट नगरपालिका-१० बस्ने २६ वर्षीय बिरेन्द्र रानालाई समेत नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
अवैध सामानसहित नियन्त्रणमा लिइएको जिपको मूल्य २० लाख बराबरको हुने प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4