+
+

डेडिकेटेड लाइन बक्यौता विवाद : चार उद्योगको बिजुली काटियो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते १९:५२
फाइल तस्वीर

६ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चार ठूला उद्योगको लाइन काटेको छ ।

डेडिकेटेड लाइनको बक्यौता नतिरेका उद्योगहरुमध्ये ठूलो बक्यौता रहेका चार वटा उद्योगको लाइन शुक्रबार कटौती गरिएको प्राधिकरणले स्रोतले जनाएको छ ।

जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार डेडिकेटेड लाइनको जगदम्बाले मात्र ४ अर्ब १४ करोड तिर्न बाँकी छ । रिलायन्सले १ अर्ब ९४ करोड तिर्न बाँकी छ । घोराही सिमेन्टको १ अर्ब ३६ करोड बक्यौता रहेको छ । अर्घाखाँचीको १ अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ ।

यसअघि बिहीबार मात्र प्रधानमन्त्री पुष्पकमल दाहालले डेडिकेटेट लाइनको बक्यौता कुनै पनि हालतमा उठाउन निर्देशन दिएका थिए । उनले विद्युतको बक्यौता नतिर्ने उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।

यसैबीच अर्घखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले पनि सिमेन्ट उद्योगको बिजुली साँझ सवा ५ बजेपछि काटिएको पुष्टि गरे ।

‘एक्कासी आएर लाइन काटिएपछि धिमाधिमा चलिरहेको उद्योग पनि बन्द भयो,’ अग्रवालले भने, ‘यो रकम हामीले तिर्नु पर्ने हो वा होइन र किन एक्कासी यो निर्णय भयो थाहा भएन ।’

अग्रवालकाअनुसार उद्योगले दिन र रातमा गरेर उच्च सञ्चालन क्षमताको बेला दैनिक ६० देखि ७० लाख युनिट बिजुली खपत गर्दथ्यो । अहिले उद्योग ३० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?