+
+

मिस अर्थ २०२३ को उपाधि अल्बानियालाई, नेपाल अन्तिम २० मा पनि समेटिएन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ६ गते २१:३६

काठमाडौं । मिस अर्थ २०२३ को उपाधि अल्बायिनाकी द्रिता जिरीले जितेकी छन् । शुक्रबार बेलुका भियतनाममा सम्पन्न फिनालेमा उनले वातावरण सुन्दरीको ताज जितिन् ।

फिलिपिन्सकी एलना अदुआना फस्ट-रनरअप बन्दै मिस अर्थ एयर घोषित भइन् । भियतनामकी दोथि लाना सेकेण्ड रनरअप बन्दै मिस अर्थ वाटर बनिन् । थाइल्याण्डकी कोरा ब्लिअल्ट थर्ड रनरअप बन्दै मिस अर्थ फायर घोषित भइन् ।

विजेता घोषित भएसँगै जिरीले वातावरण संरक्षणको लागि जनचेतना फैलाउने कार्यको दूत भएर काम गर्नेछिन् । भियतनामको होचि मिन्ह सहरमा भएको फिनालेमा ८४ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालबाट मिस नेपाल अर्थ २०२३ रेना मजगैयाँले सहभागिता जनाएकी थिइन् । नेपाल सेमिफाइनल अर्थात अन्तिम २० मा छनोट हुन सकेन । यद्यपि, रेनाले प्रतिस्पर्धा अघिका प्रारम्भिक प्रतिस्पर्धामा राम्रो प्रस्तुति दिएकी थिइन् ।

मिस अर्थ संसारका उत्कृष्ट पाँच सौन्दर्य प्रतियोगितामध्ये पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?