+

तथ्यांकमा वीरगञ्ज र बुटवल–लुम्बिनीको चुनौती कायम राख्ने उद्देश्य

२०८० पुष  ७ गते ११:१४ २०८० पुष ७ गते ११:१४
तथ्यांकमा वीरगञ्ज र बुटवल–लुम्बिनीको चुनौती कायम राख्ने उद्देश्य

७ पुस, काठमाडौं  । नेपाल सुपर लिग २०२३ को लिग चरणको अन्तिम दिनको पहिलो खेलमा वीरगञ्ज युनाइटेड र बुटवल–लुम्बिनी भिड्दै छन् । शनिबारको डबल हेडरको दशरथ रंगशालामा हुने खेलसँग जोडिएका तथ्यांक यस्ता छन् ।

१. यो यस संस्करणको ३५ र समग्रमा ६०औं खेल हुनेछ । यो लिग चरणको दोस्रो अन्तिम खेल रहनेछ ।

२. प्रतियोगिताको प्ले अफमा छनोट हुने सम्भावना कायम राख्न दुवै टिमलाई स्पष्ट जितको आवश्यकता पर्नेछ । जित बाहेक अर्को विकल्पले दुवै टिमलाई अर्को चरण प्रवेशबाट वञ्चित गर्नेछ । जितको स्थितिमा पनि आफ्नो भाग्य जान्न दुवै टिमले अन्तिम खेलसम्म कुर्नु पर्नेछ ।

३. वीरगञ्ज सात खेलबाट आठ अंकसहित सातौं स्थानमा छ । त्यसमा दुई जित, दुई बराबरी र तीन हार छन् । स्पोर्टिङ इलामलाई २-१ र काठमाडौं रेजर्सलाई ४–१ ले हराएको वीरगञ्जले ललितपुर सिटी एफसीसँग २-२ र झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो । यस्तै धनगढी एफसी, एफसी चितवन र पोखरा थन्डर्ससँग समान २-१ को हार बेहोरेको थियो ।

४. बुटवल–लुम्बिनी सात खेलबाट सातै अंकमा नवौं तथा अन्तिम स्थानमा छ । प्ले-अफ सम्भावनामा रहेका चार टिममध्ये सबैभन्दा कमजोर सम्भावना उसकै हो ।

५. बुटवल-लुम्बिनीले दुई जित, एक बराबरी र चार हार खेलेको छ । उसले इलाम र काठमाडौंलाई समान २-१ ले हराएको थियो । चितवनसँग १-१ को बराबरी खेलेको बुटवल–लुम्बिनी ललितपुरसँग २-० तथा धनगढी, झापा र पोखरासँग समान १-० ले पराजित भएको थियो ।

६. वीरगञ्जले यस पल्टदेखि मात्र प्रतियोगिता खेलेको हुनाले यो बुटवल-लुम्बिनीसँगको पहिलो भेट हुनेछ ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय