+

तथ्यांकमा काठमाडौं र ललितपुरलाई जित्नै पर्ने स्थिति

२०८० पुष  ७ गते १३:४४ २०८० पुष ७ गते १३:४४
तथ्यांकमा काठमाडौं र ललितपुरलाई जित्नै पर्ने स्थिति

७ पुस, काठमाडौं । नेपाल सुपर लिग २०२३ को लिग चरणको अन्तिम दिनको दोस्रो खेलमा ललितपुर सिटी एफसी र काठमाडौं रेजर्स र भिड्दै छन् । शनिबारको डबल हेडरको दशरथ रंगशालामा ५ बजे हुने खेलसँग जोडिएका तथ्यांक यस्ता छन् ।

१. यो यस संस्करणको ३६ र समग्रमा ६१ औं खेल हुनेछ । यो लिग चरणको अन्तिम खेल रहनेछ । यससँगै नौ टिम सम्मिलित प्रतियोगिताको लिग चरणका सबै खेल समाप्त हुनेछन् र प्रतियोगिताले प्ले–अफमा प्रवेश गर्नेछ ।

२. दुवै टिमलाई आफू अनुकल नतिजाका रूपमा जित निकाल्ने दबाब हुनेछ । यो खेल समाप्त हुँदा मात्रै प्रतियोगिताको शीर्ष चारमा रहने टिम निश्चित हुनेछ ।

३. ललितपुर सात खेलबाट १० अंकमा तेस्रो स्थानमा छ । यसमा दुई जित, चार बराबरी र एक हार रहेको छ । उसले बुटवल–लुम्बिनी एफसीलाई २–० र एफसी चितवनलाई २–१ ले हराएको थियो । पोखरा थन्डर्स, धनगढी एफसी र झापा एफसीसँग समान गोलरहित बराबरी खेलको ललितपुरले वीरगञ्ज युनाइटेडसँग २–२ को बराबरी खेलेको थियो । ललितपुर स्पोर्टिङ इलामविरुद्ध भने १–० ले पराजित रहेको थियो ।

४. डिफेन्डिङ च्याम्पियन काठमाडौं सात खेलबाट नौ अंकसहित छैटौं स्थानमा छ । उसले दुई खेलमा जित, तीनमा बराबरी र दुईमा हार आत्मसात् गरेको छ । इलामलाई १–० र पोखरालाई २–१ ले हराएको काठमाडौंले चितवनसँग १–१, झापासँग गोलरहित र धनगढी एफसीसँग १–१ को बरबारी खेलेको थियो । काठमाडौं बुटवल–लुम्बिनीसँग २–१ र वीरगञ्जसँग भने ४–१ ले पराजित भएको थियो ।

५. दुई टिमबीच अहिलेसम्म दुई खेल भएका छन् । वर्ष ०७८ का यी दुवै खेलमा काठमाडौं विजयी रहेको थियो । लिग चरणमा काठमाडौंले १–० को जित निकालेको थियो । यो नै प्रतियोगिताको इतिहासको पहिलो खेल थियो । त्यसमा मेसुके ओलेमोउले एक मात्र गोल गरे । अर्को भेट दोस्रो क्वालिफायरमा भएको थियो । त्यसलाई काठमाडौं ३–० ले जितेको थियो । यसमा मेसुके ओलेमोउले दुई तथा स्टेफन विनोङले एक गोल गरेका थिए ।

नेपाल सुपर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय