+

एनएसएलमा वीरगञ्जको यात्रा टुंगिएको खेल (तस्वीरहरु)

२०८० पुष  ७ गते १६:०६ २०८० पुष ७ गते १६:०६
एनएसएलमा वीरगञ्जको यात्रा टुंगिएको खेल (तस्वीरहरु)

७ पुस, काठमाडौं । बुटबल लुम्बिनी एफसीसँग पराजित भएसँगै वीरगञ्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्न असफल भएको छ ।

शनिबार भएको खेलमा बुटवलले वीरगञ्ज युनाइटेडलाई १-० गोलले स्तब्ध पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि इन्जुरी टाइममा चन्दन दासले निर्णायक गोल गरे ।

लिगको आफ्नो अन्तिम खेलमा जितसँगै बुटबल १० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । हारसँगै वीरगञ्ज ८ अंकसहित आठौं स्थानमा रहृयो । जबकि यो खेल जित्न सकेको भए ११ अंकका साथ प्ले अफको होडमा रहने थियो ।

पोखरा थन्डर्स क्वालिफायरमा पुगिसकेको छ भने धनगढी प्ले अफमा पुगेको छ । अब आज साँझ हुने काठमाडौं र ललितपुरको खेलले प्ले अफमा पुग्ने बाँकी दुई टोलीको टुंगो लाग्नेछ ।

५ बजे हुने खेलमा काठमाडौंलाई हराएमा ललितपुर क्वालिफायरमा पुग्ने छ भने धनगढीसँगै झापाले इलिमिनेटर खेल्नेछ । ३ भन्दा कम गोल अन्तरले ललितपुरलाई हराए काठमाडौंले इलिमिनेटर खेल्नेछ भने झापा बाहिरिनेछ ।

बराबरीले धनगढी क्वालिफायरमा पुग्ने छ भने ललितपुर र झापाले इलिमिनेटर खेल्नेछ । दुवै अवस्थामा काठमाडौं बाहिरिनेछ ।

हेर्नुहोस् तस्वीरहरु

नेपाल सुपर लिग
लेखक
चन्द्रबहादुर आले
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय