
८ पुस, काठमाडौं । नेपाल टेलिकमले पुस २९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले यसअघि घोषणा गरेको प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव साधारणसभामा लैजानेछ । सो साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् ।
टेलिकममा सरकारी स्वामित्व नै ९१ दशमलव ४९ प्रतिशत रहेकाले सोही अनुपातको लाभांश सरकारले नै पाउँछ । त्यस्तै वार्षिक साधारणसभाका लागि पुस १९ गते कम्पनीले सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । पुस १८ गतेसम्म कायम सेयरधनीले लाभांश र साधारणसभामा भाग लिन पाउने छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4