+
+

केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १२:२९

८ पुस, काठमाडौं । केही नेपाल ऐन संशोधन विधेयकमाथिको छलफल स्थगित भएको छ ।

संसदको कानून न्याय तथा मानव अधिकार समितिमा आज उक्त विधेयकमाथि छलफल गर्ने तय भएको थियो ।

आजको छलफलका संधोशन दर्ता गराएका २० जनालाई बोलाइएको थियो । तर,  एकैपटक बोलाउनु पर्ने र आजको बैठक स्थगित गर्नुपर्ने संसोधनकर्ताले माग गरेपछि छलफल स्थगित भयो ।

समिति सभापति विमला सुवेदीका अनुसार आज २० जनालाई उपस्थित हुन भनिएको थियो । यो विधेयकमा ६२ जना सांसदको संसोधन परेको छ ।

संसोधनकर्ता सांसदहरु डोलप्रसाद अर्याल, रघुजी पन्त, गणेश पराजुली, अमरेशकुमार सिंहलगायतले सबै संसोधनकर्ताहरुसँग एकैपटक छलफलको माग गरेका थिए ।

सभापति सुवेदीले ६२ जनामध्ये ५६ जनासँग कुरा गरेको र उपस्थित हुन सक्ने २० जनालाई बोलाइएको बताइन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?