+
+

सर्वोच्चका मुख्य रजिस्ट्रार र रजिस्ट्रार उच्च अदालतको न्यायाधीशमा सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ८ गते १२:५९

८ पुस, काठमाडौं । न्यायपरिषदले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेललाई उच्च अदालतका न्यायाधीशमा सिफारिस गरेको छ ।

आइतबार बसेको परिषदको बैठकले उच्च अदालतमा दुईजना मात्रै न्यायाधीशको नाम सिफारिस गरेको हो ।

कुँवरलाई उच्च अदालत पाटन र पौडेललाई उच्च अदालत पोखराको जिम्मेवारीसमेत तोकिएको न्यायपरिषद सचिवालयले जनाएको छ ।

आइतबारको न्यायपरिषद बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश चन्द्रबहादुर सारुलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासमा सरुवा गरेको छ ।

कुँवर उच्च अदालतमा न्यायाधीशहरुको वरियताक्रममा दोस्रो स्थानमा रहने गरी नियुक्त भएका हुन् । १ असोज, २०८० मा संशोधित न्यायपरिषद नियमावलीमा उच्च अदालतको न्यायाधीश बनाइने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारहरु उच्च अदालतको मुख्य न्यायाधीशपछिको वरियताक्रममा रहने उल्लेख छ ।

यसअघि नै मुख्य रजिष्ट्राबारबाट न्यायाधीश भएका राजनप्रसाद भट्टराई १ नम्बर वरियताक्रममा रहेकाले कुँवर दोस्रो वरियतामा रहने भएका हुन् । दुई मुख्य रजिष्ट्रार न्यायाधीश भएमा पहिले नियुक्त हुनेको वरियताक्रम अगाडि हुने उक्त नियमावलीमा व्यवस्था छ ।

२९ माघ २०७७ मा रजिष्ट्रार बनेकी निर्मला पौडेल हालको न्यायपरिषदको अभिलेख अनुसार, ७९ औं वरियताक्रममा रहनेछिन् । आइतबार सिफारिस हुनुअघि उच्च अदालतमा ११८ जना न्यायाधीश कार्यरत छन् ।

उच्च अदालतमा अझै ४० न्यायाधीशको पद रिक्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?