+

सात सय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व

२०८० पुष  ८ गते १३:२८ २०८० पुष ८ गते १३:२८
सात सय कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको वर्चश्व

८ पुस, पोखरा । स्याङजाको कोल्मामा भएको चौंथो क्रस कन्ट्री दौडमा विभागीय टोली नेपाल आर्मीले वर्चश्व जमाएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गर्दै आएको प्रतियोगिताको उपाधि आर्मीका गोपाल तामाङले जितेका हुन् ।

तामाङले निर्धारित २५ किलोमिटरको दूरी १ घन्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै उपाधि चुमेका हुन् । उनले उपाधिसँगै नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।प्रतियोगितामा आर्मीकै सञ्जय श्रेष्ठ द्वितीय र सुशिलकुमार शाही तृतीय भए ।

निर्धारित दूरी श्रेष्ठले १ घण्टा ३३ मिनेट ४३ सेकेन्डमा र शाहीले १ घण्टा ३४ मिनेट २ सेकेन्डमा पार गरे । उनीहरुले क्रमशः ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, २१ वर्ष मुनिको १० किमी पुरुष खुल्ला दौडतर्फ तनहुँका सनम गुरुङले ४१ मिनेट १४ सेकेन्डमा पार गर्दै उपाधि हात पारे ।

उनले उपाधिसँगै ३० हजार रुपैयाँ हात पारे । निर्धारित दूरी २ मिनेट ४३ सेकेन्डमा पार गर्दै पोखराका तेञ्जेन रोका उपविजेता बने । पोखराकै मनोज रोकाले निर्धारित दूरी ४२ मिनेट ५५ सेकेन्डमा पार गर्दै तृतीय बने ।

महिलातर्फ भएको ५ किमी दूरी दौडमा जुम्लाकी राममाया बुढाले उपाधि हात पारिन् । उनले निर्धारित दूरी २१ मिनेट १८ सेकेन्डमा पार गरिन् । त्यस्तै, निर्धारित दूरी २३ मिनेट १६ सेकेन्डमा पार गर्दै दाङकी सुस्मिताकुमारी चौधरी उपविजेता बनिन् ।

क्रसकन्ट्रीको अवसरमा सातौं दक्षिण एसियनकी स्वर्ण पदक विजेता पार्वती गुरुङलाई सम्मान गरिएको थियो । गुरुङले सातौं दक्षिण एसियन प्रतियोगितामा करातेतर्फ कुमिते क्याटगोरीमा स्वर्ण पदक जितेकी थिइन् ।

तनहुँ देवघाटकी गुरुङ सातौं दक्षिण एसियाली खेलकुदमा महिला ४५ केजीमुनि उमेर समूहमा भएको फाइनल खेलमा बंगलादेशकी अर्पा सलिहालाई हराउँदै च्याम्पियन बनेकी थिइन् ।

क्रस कन्ट्री दौड
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय