
काठमाडौं । केएमसी बागबजारमा प्लस टु अध्ययन गरेका करिब २० हजार बढी विद्यार्थी संगठित रहेको पूर्वविद्यार्थी संघको दोस्रो भेला सम्पन्न भएको छ ।
७ पुसमा वृहत सांस्कृतिक कार्यक्रमसहित पूर्व विद्यार्थीहरूको भेला सम्पन्न भएको जनाइएको छ।
मुटुरोग विशेषज्ञ एवम् लेखक डा. ओममूर्ति अनिलको प्रमुख आतिथ्यता र संघका अध्यक्ष डा. अच्युत शाली घिमिरेको सभापतित्वमामा सम्पन्न भेलामा विभिन्न क्षेत्रमा आफ्नो भूमिकालाई मजबुद बनाएका पूर्वविद्यार्थीहरुलाई सम्मान गरिएको थियो।
सम्मानित हुनेमा पूर्वविद्यार्थीहरू आरती न्यौपाने, रत्न केशरी महर्जन, रिया भट्टराई, लक्ष्मण बराल, ई. नवीनराज चौलागाईं, आयुष सेढाईं, डा. रोजन अधिकारी, डा. आशिष कडारिया, डा. पुनम अधिकारी, डा. पुरूषोत्तम अधिकारी, डा. निर्मल घिमिरे, आशुका अर्याल, राज अधिकारी, कपिल पोख्रेल, विराज अर्याल, उज्जवल गौतम लगायत रहेका छन् ।
देशमा छरिएर रहेका पूर्व विद्यार्थीहरुको उक्त भेलामा सम्मानित पूर्व विद्यार्थी बक्ताहरुले केएमसीले आफ्नो सफलतामा पुर्याएको योगदान र पूर्व स्मृतिहरुलाई ताजा बनाएर मन्तव्य राखेका थिए ।
प्रतिक्रिया 4