+

विदेशी र स्थानीय क्लबबीच सहकार्य गर्न सीएसएस र एचएसएमबीच सम्झौता

२०८० पुष  ८ गते १५:१४ २०८० पुष ८ गते १५:१४
विदेशी  र स्थानीय क्लबबीच सहकार्य गर्न सीएसएस र एचएसएमबीच सम्झौता

८ पुस, काठमाडौं । विदेशी खेलकुद क्लबहरुसँग स्थानीय क्लबहरुलाई सहकार्य र सम्बन्धन दिलाउन नेपालको हिमालय स्पोर्टस म्यानेजमेन्ट प्रालि (एचएसएम) र कम्प्लिट स्पोर्टस सोलुसन (सिएसएस) इन्डिया बीच सम्झौता भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत एचएसएमका निर्देशक साहित्यराज श्रेष्ठ र सिएसएस इन्डियाका प्रवन्धक निर्देशक दिप्ति उम्मतले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार एचएसएमले सिएसएसको सहयोगमा नेपालमा विदेशी क्लबहरुसँग स्थाननिय क्लबहरुलाई साझेदारी दिलाउन सहयोग गर्नेछ ।

यस्तै सीएसएसले हिमालयन स्पोर्ट्सले उत्पादन गर्ने खेलाडीहरुलाई विदेशी क्लबसँग सहकार्यका लागि सहयोग गर्नेछ । एचएसएमले नेपालको क्लब, विद्यालय तथा अन्य टिमहरुलाई युरोपियन र अन्तर्राष्ट्रिय क्लबहरुसँग फुटबल, क्रिकेट, बास्केटबलसँगै अन्य खेलहरुका लागि खेलकुद भ्रमणको समेत आयोजना गर्ने छ ।

एचएसएमले नेपालमा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजनाका लागि समन्वय पनि गर्नेछ ।

सीएसएस बेलायती संस्था भए पनि नेपाली खेलाडीहरुको सहकार्यका लागि भने भारतमा रहेको शाखाले हेर्नेछ ।

सीएसएस इन्डिया सीएसएस युकेको सहायक संस्था हो । यसको मुख्य कार्यालय लन्डनमा छ ।

सम्झौतापछि एचएसएमका निर्देशक श्रेष्ठले यसबाट नेपाली युवा खेलाडीहरुको खेलस्तर उकास्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

हिमालयन स्पोर्टर्स म्यानेजमेन्ट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय