
८ पुस, विराटनगर । नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले गेयर चेन्ज गरेर अघि बढ्ने बताएकी छन् ।
प्रेस सेन्टरले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले एक वर्ष पूरा गरेका कारण अब गेयर चेन्ज गरेर नयाँ ढंगले अघि बढ्ने बताएकी हुन् ।
सरकारले राम्रा काम गरिरहेको बताउँदै उनले एक वर्षमा धेरै राम्रा र सकारात्मक काम भएको बताइन् । मन्त्री शर्माले सरकारका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन पनि आग्रह गरिन् ।
सञ्चार सेवा प्रदायकले राजस्व छली गरेको पाइएको बताउदै उनले राजस्व बुझाउन ताकेता भइरहेको बताइन् । सेवा प्रदायकसँग छलफल भइरहेको बताउँदै चाँडै राजस्व संकलन गर्ने बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4